चिया मजदुरको पारिश्रमिक बढाउने सहमति

भदौ १७, काठमाण्डौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको बताउनुभयो ।

नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम १५ हजार छ सय ९९ रुपैयाँ पाउने भएका छन् । हरेक दुई वर्षमा पारिश्रमिक बढाउने पुरानो सहमति अनुरूप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन् ।

यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ पाँच सय रुपैयाँ र मासिक पारिश्रमिकतर्फ १३ हजार आठ सय ९३ रुपैयाँ पाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub