काँकडभिट्टा नाकाबाट १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

भदौ १६, झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ करोड १० लाख रुपैयाँ, बन्दा चार करोड सात लाख रुपैयाँ, मसुरो दाल दुई करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट एक अर्व ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य बस्तुहरूमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub