
भदौ १६, काठमाडौं । शेयर बजार आज बढेको छ । लगातार २ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०३ अङ्कले बढेर २ हजार ७ सय ६१ दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ । आज १ सय ४३ वटा कम्पनीको शेयर बढेकोमा १ सय ६ वटाको घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएन ।
आज हिम स्टार ऊर्जा कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर ७ दशमलव ६८ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।




