तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुग्यो

भदौ १८, काठमाण्डौ । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको १३ गते शुक्रबार दुई लाख नाघेको सुनको भाउ त्यसयता लगातार बढेको हो । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज घटेको छ ।  चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub