लगातार चार दिनदेखि बढेको सुनको भाउ आज घट्यो

अशोज ९, काठमाडौं । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub