सुनको भाउ घट्यो, चाँदीको भाउ बडेर तोलाको तीन हजार ८५ रुपैयाँ पुग्यो

२४ अशोज, काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज एकैदिन ६० रुपैयाँले बढेर तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub