सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

९ कात्तिक, काठमाडौं । बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गएको सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो । गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीको भाउ तोलामा दुई सय ६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ । गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub