सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

११ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नरहेको बताउनुभएको छ । आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालजस्तो देशमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनबाटै हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र आजको नारामा उल्लेख भए अनुसार समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिने बताउनुभयो । उहाँले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन निजी क्षेत्रलाई पनि आग्रह गर्नुभयो ।

दिन प्रतिदिन आकार बढ्दै गएको कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गम्भीरतापूर्वक अहिले नै गृहकार्य गर्नु आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub