
कात्तिक २६, बिर्तामोड । नेकपा एमाले झापाले कात्तिक २९ गते जिल्लास्तरीय शक्ति प्रदर्शन गर्ने भएको छ । संसद् पुर्नस्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा संलग्न अपराधिक र अराजक गतिविधिमा संलग्नहरुलाई कारबाहीका लागि दवाव दिन समेत जिल्लास्तरीय जनजागरणसभा आयोजना गरिएको उहाँको भनाई छ । बिर्तामोडमा आयोजना गरिने जनजागरणसभाको आवश्यक तयारी भइरहेको गिरीले जानकारी दिनुभयो । वडा, टोलदेखि पालिकासम्मबाट सहभागिता जुटाउन संगठन परिचालन गरिएको जनाइएको छ ।
जनजागरणसभामा २० हजार एमालेका नेता कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहने उहाँको भनाई छ ।



